
२०२६ अक्टोबर ४, आइतबार: १३:१०:५७
आइतवारबाट काठमाण्डूमा सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोलेका विपक्षी दलका नेताहरूले सरकारको काम र शैलीलाई लिएर आलोचना गरे। तर सत्तारुढ दलका सभापतिले त्यसको प्रतिरक्षा गरे।

२०२६ अक्टोबर ४, आइतबार: ०८:३५:२५
के तपाइँलाई थाहा छ, उत्तरी ध्रुवहरू एक भन्दा धेरै छन् नि। अनि कतिपय उत्तरी ध्रुव त स्थिर भएर रहने भन्दा पनि सरिरहने किसिमका छन्।

२०२६ अक्टोबर ४, आइतबार: ०३:००:३७
साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा गरेका आक्रमणहरूको जवाफ स्वरूप आफूहरूले हमला गरेको हूथी विद्रोहीहरूले बताएका छन्।

२०२६ अक्टोबर ४, आइतबार: ०१:५३:३२
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा करिब दुई दशकपछि पार्टी फेरि विभाजित रहेर दोस्रो पटक महाधिवेशन हुँदै छ।

२०२६ अक्टोबर ४, आइतबार: ०६:२१:०७
विज्ञहरूका अनुसार तात्तातो समोसा, पकौडा अथवा अरू खानेकुरा पत्रपत्रिकामा राख्दा मसीमा भएका रसायनहरू खानामा मिसिन पुग्छन् र खानासँगै पेटमा पुगेमा तिनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छन्।

२०२६ अक्टोबर ४, आइतबार: ०४:४५:४८
नेपालले एशियाली खेलकुदमा दुई कांस्य पदक मात्र जित्न सक्यो। चर्चामा आएका ‘सुपर स्टार’ खेलाडीहरूले पदक जित्न सकेनन्। किन?

२०२६ अक्टोबर ३, शनिबार: ०३:३०:४८
उक्त कदमले आउँदा दिनहरूमा डिजलको “पर्याप्त आपूर्ति” सुनिश्चित गर्ने संयुक्त राज्य अमेरिकासहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ।

२०२६ सेप्टेम्बर ३०, बुधबार: १२:३५:३०
ठूलो विपत्तिबाट प्रभावित मानिसहरूको मानसिक स्वास्थ्यको अवस्था कसरी पहिचान गर्ने, तत्काल कस्तो सहयोग प्रदान गर्ने अनि परिवार तथा समुदायले कसरी साथ दिने?

२०२६ सेप्टेम्बर २९, मङ्गलबार: १२:२२:५२
मानिसहरूको पहिचान जनाउने कागजपत्रहरू समेत बगे वा हिलोमा कामै नलाग्ने गरी पुरिए। धेरै जनाका नागरिकता, पासपोर्ट र जग्गाको लालपुर्जासहितका महत्त्वपूर्ण दस्तावेजहरू हराए। अब उनीहरूले के गर्नुपर्छ?

२०२६ सेप्टेम्बर २९, मङ्गलबार: १३:४१:३९
नदीका किनारमा अवस्थित केही घरहरू अझै हिलोमा गाडिएका छन्। कतिपय घरमा नराम्ररी क्षति पुगेको देखिएको छ। केही स्थानीय बासिन्दाहरूले हिलो पन्छाउँदै घरमा फेरि तरखर गरेको देखिएको छ।

२०२६ सेप्टेम्बर २८, सोमबार: १२:१५:५३
भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण घरबास गुमाएर विस्थापित भएका मानिसहरूले अस्थायी आश्रयस्थलमा भोग्नुपरेका समस्याबारे हामीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुखलाई प्रश्न गरेका छौँ।

२०२६ सेप्टेम्बर २२, मङ्गलबार: ०५:५२:३३
खाद्यसामग्री कसरी सुरक्षित राख्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान दिने भिडिओ।

२०२६ अक्टोबर ३, शनिबार: १०:३२:१४
विद्यार्थीहरूलाई सामान्य अवस्थामा फर्काउने उद्देश्यले पाठ्यक्रमभन्दा अन्य क्रियाकलापहरूमा जोड दिइएको विद्यालयहरूले जनाएका छन्।

२०२६ अक्टोबर ३, शनिबार: ०९:२५:०९
टेनसीमा हत्या अभियोगमा दोषी ठहर गरिएकी क्रिस्टा पइकलाई दिइएको मृत्युदण्ड कार्यान्वयन असफल भएपछि त्यसले अमेरिकामा उक्त सजायको कार्यान्वयनलाई लिएर उठिरहेका प्रश्नहरूलाई पुन: सतहमा ल्याएको छ।

२०२६ अक्टोबर ३, शनिबार: ०६:३५:५१
बाङ्ग्लादेशले विद्युत् आपूर्ति र मागमा व्यापक खाडल झेलिरहेका बेला उसको परमाणु ऊर्जा केन्द्रका लागि युरेनिअम उपलब्धतामा हुन ढिलाइ भएको छ।

२०२६ अक्टोबर ३, शनिबार: ०२:१०:२४
भारतीय मौसम विभागले नेपालको पूर्वी क्षेत्रमा १० अक्टोबरबाट मनसुन निष्क्रिय हुने प्रारम्भिक पूर्वानुमान गरेको छ। नेपालमा कहिलेबाट बाहिरिएला मनसुन?

२०२६ अक्टोबर ३, शनिबार: ०४:४१:५८
अक्सफर्ड विश्वविद्यालयका मनोवैज्ञानिक प्राध्यापक डेभिड क्लार्कले अझ धेरै मानिसहरू उपचारका लागि अघि बढून् भन्ने आफूले चाहेको बताएका छन्। तर मानिसहरूलाई आफूले सहयोग गर्न केही कदम आफैँले पनि चाल्न सक्ने उनी बताउँछन्।

२०२६ अक्टोबर २, शुक्रबार: १२:५१:१०
भोटेकोशी-त्रिशूली बाढी आएको करिब पाँच सातामा खास गरी लाभग्राही पहिचान गर्ने, बाटो निर्माण, झोलुङ्गे पुल निर्माणलगायतका काम भइरहेको अधिकारीहरूले बताएका छन्।

२०२६ अक्टोबर २, शुक्रबार: ११:२४:१७
ककपिटको ढोका खोलेर यात्रुहरूलाई भित्र आउन दिई आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेपछि फ्लाइदुबईका विमानचालक स्मित मच्छारको धेरैले प्रशंसा गरेका छन्।

२०२६ अक्टोबर २, शुक्रबार: ११:५३:५४
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले प्रभावित जिल्लामा १४,००० भन्दा बढी विद्यार्थी प्रभावित भएका छन्। उनीहरूले फेरि पढ्न पाउने व्यवस्था मिलाउन कस्तो प्रयास हुँदै छ?